कास्की बारमा भगवती पहारी

समाधान संवाददाता २०८० माघ २६ गते १९:२६

पोखरा । कास्की जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिवक्ता भगवती पहारी विजयी भएकी छन्। शुक्रवार भएको निर्वाचनबाट पहारी अध्यक्ष चुनिएकी हुन्।

यस्तै उपाध्यक्षमा गीता आचार्य र सहसचिव प्रीति पाण्डे निर्विरोध भएका छन्। बारको नव निर्वाचित कार्य समिति सचिवमा कृष्णकुमार श्रेष्ठ, कोषाध्यक्ष विनाका शर्मा चुनिएका छन्।

यस्तै गरी सदस्यमा शंकर सैंजु, ईश्वर परियार, अनुप पौडेल, गणेशबहादुर आले, प्रदीपकुमार राना, पुरुषोत्तमराज घिमिरे, हेमराज अधिकारी र शान्ति कुमारी ढुंगाना निर्वाचित भएका हुन्।

Advertisement

नयाँ बार कार्य समिति चुन्न बिहान ११ बजेदेखि ३ बजेसम्म मतदान चलेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया