गुरुकुल विद्याश्रमको वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस भएको छ । कार्यक्रमाम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले गुरुकुल लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा रहेको जनाए ।
उनले अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उनले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने उल्लेख गरे । विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वांगीण विकासलाई जोड दिइएको सुनाए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले शैक्षिक गुणस्तरीसँगै विद्यार्थीलाई अतिरिक्त क्र्रयाकलापमा जोड दिनुुपर्ने बताए । अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुँने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुुपर्नेमा जोड दिइन् ।
सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकाल र सल्लाहकार निलिसा ठकुरी केसीले पनि बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया