रेडक्रस पोखरा १९ को सभा

समाधान संवाददाता २०८० माघ २८ गते १४:१५

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको २० औं साधारणसभा भएको छ । सभामा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले मानवीय सेवा र धर्मले मात्र समाज संस्कारयुक्त हुने बताए ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्काले रेडक्रस मानवीय सेवामा सधैं समर्पित रहेको जनाइन् ।

उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभापति बलबहादुर श्रेष्ठ, गोविन्दप्रसाद काफ्ले, भरतराज आचार्य, ईन्द्रकुमारी पौडेल, बुद्धीबहादुर खत्री क्षेत्री, दण्डपाणि गौतम, पार्वती पौडेल लगायतलाई सम्मान गरिएको छ ।


समारोहमा उपशाखाका गतिविधि समेटी तयार गरिएको स्मारिकासमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे नेकपा वडाध्यक्ष विष्णुप्रसाद गौतम, नेपाली कांग्रेसका वडा सभापति विष्णु बास्तोला, माओवादीका वडाध्यक्ष निर्मल बास्तोला, रेडक्रस सदस्य उमराज बास्तोला, समीक्षक असफल गौतम, उपशाखा उपसभापति पवित्रा पौडेल र रमेश विश्वकर्माले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया