सरुभक्त पुरस्कार सुप्रिमलाई

पोखरा ।
बालगायकसुप्रिम मल्ल शनिबार पोखरामा पुरस्कृत भएका छन् । ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बाट नगद ५० हजार र सम्मानपत्रसहित उनलाई शिक्षाविद जर्ज जोन, साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतले उनलाई सम्मान गरे ।
साहित्यकार सरुभक्त श्रेष्ठको सम्मानमा स्थापित यो पुरस्कार ग्रहण गर्न सुदूर पश्चिममा सुप्रिम सपरिवार पोखरा आएका थिए । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ का ११ वर्षीय मल्लका अहिलेसम्म २ सय जति गीत सार्वजनिक छन् ।
सुप्रिमले लोकगीत, लोकदोहोरी, गजल, ठाडोभाका, देउडा, आधुनिक जस्तै थरीथरीका गीत गाएका छन् । पुरस्कृत भएपछि उनले आफू भाइरल हुन नचाहेको बरु चर्चित हुन खोजेको जनाए । सम्मानले आफूलाई भावी यात्र सफल बनाउन ऊर्जा मिलेको उनको भनाइ छ ।
साहित्यकार सरस्वती प्रतीक्षाले सुप्रिमलाई विरल क्षमता भएका प्रतिभाको रुपमा चिनाइन् । प्राज्ञ हरिदेवी कोइरालाले सुप्रिमलाई गरिएको सम्मान अग्रजको आशीर्वाद भएको उल्लेख गरिन् । कार्यक्रम सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको हो । साहित्यकार सरुभक्तले स्थापना गरेको यो पुरस्कारको अक्षयकोषमा ११ लाख ५० हजार छ ।








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया