राष्ट्रिय माविमा रक्तदान

पोखरा ।
स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा१ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुला रक्तदान आयोजना गरेको छ । कार्यक्रममा ७५ युनिट रगत संकलन भयो ।
विद्यालयका पूर्व विद्यार्थी संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पहिलो रक्तदाता विद्यालयका शिक्षक जिता पौडेल र विद्यालयका शिक्षक अभिभावक संघका सदस्य दीपक पौडेललाई ब्लड ब्याग दिएर रक्तदान सुरुआत गरे ।
२० मंसिर ०८० मा स्थापनाको ७४ वर्ष पूरा गरी ७५ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरी मनाइरहेको छ । महोत्सव अन्तर्गत रक्तदान कार्यक्रम गरिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रमेश प्रसाद पौडेलले जानकारी दिए ।
हीरक महोत्सव अन्तर्गत आउदो फागुनमा चित्रकला र कविता प्रतियोगिता गरिने भएको छ । ८ वैशाख ०८१ मा पुनर्मिलन समारोह आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम विक्रम राणाले जानकारी दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया