नागरिक मञ्च पोखरा गण्डकी गठन

समाधान संवाददाता २०८० माघ २८ गते १४:३४

पोखरा ।
पोखरामा शनिबार नागरिक भेलाले अधिकारकर्मी विष्णुप्रसाद बरालको संयोजकत्वमा नागरिक मञ्च पोखरा, गण्डकी प्रदेश गठन गरेको छ ।

Advertisement


समसामयिक नागरिक, राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दाहरुलाई उजागर गर्दै, विचार र चिन्तनको साझा थलोको रूपमा विकास गर्ने उद्देश्यले यस मञ्चको गठन गरिएको मञ्चका संयोजक विष्णुप्रसाद बरालले जानकारी दिए ।


संगठित तर दर्ताविहीन मञ्चको रुपमा नियमित रुपमा क्रियाशील रही खुला मञ्चको रुपमा स्थापित रहने र नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएका विषयलाई सम्बोधन गर्न राजनीतिक दल र राज्यका निकायलाई जिम्मेवार र जवाफदेही बनाउन यो मञ्च क्रियाशील रहने संयोजक बरालले बताए ।

Advertisement


भेलाले विष्णुप्रसाद बरालको संयोजकत्वमा ९ सदस्य मञ्च गठन गरेको छ । जसको सचिवमा दानबहादुर गुरुङ, कोषाध्यक्ष इन्द्राकुमारी शर्मा छन् । दुई सदस्यपछि मनोनित गर्ने गरी सदस्यहरुमा क्रमश गिरधारी सुवेदी, शिवप्रसाद खकुरेल, प्रेमबहादुर सोङमेन, सुमित्रा गायक छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया