पत्रकार बद्रिविनोद प्रतीकलाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’

पोखरा ।
स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार पोखराका अग्रज पत्रकार बद्रिविनोद प्रतीकलाई प्रदान गरिएको छ । वीरगन्जमा बुधबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले आयोजना गरेको कार्यक्रममा प्रतिकलाई एक तोला सुन सहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
वीरगन्जका पत्रकार स्वर्गीय गौतमको स्मृतिमा १३ वर्ष पहिले स्थापित स्वर्गीय गोपालचन्द्र गौतम प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरी एक तोला सुनको तक्मा पुरस्कार रूपमा प्रदान गर्दै आएको छ ।
यसअघि यो पुरस्कारबाट देशका विभिन्न जिल्लाका ११ जना पत्रकार पुरस्कृत भइसकेका छन् । गतवर्ष नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष मनिका झालाई यो पुरस्कार प्रदान गरिएको थियो ।
प्रेस स्वतन्त्रता सेनानि प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । प्रतीकले नेपाल सरकारबाट बरिष्ठ पत्रकार सम्मान, पोखरा पत्रकारिता सम्मान, गोविन्द वियोगी पत्रकारिता पुरस्कार लगायत प्राप्त गरिसकेका छन् । उनले लामो समय पत्रकारिता विषय अध्यापन पनि गरेका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया