फेवा बेगनास चौतारीको सहयोग

समाधान संवाददाता २०८० फागुन २ गते १३:२४

पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ बेलचौतारा तनहुँमा विपन्न परिवारका बालबालिकालाई ४० सेट ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरेको हो । प्रतिनिधि सभा सदस्य एवं पूर्ववनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा मदर्सा नरुल स्कुलमा कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सहयोग गरिएको थियो ।

Advertisement


कार्यक्रममा प्रतिनिधि सभा सदस्य भण्डारीले शिक्षाभन्दा ठूलो कुरा जीवनमा केही नरहेको बताए । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष टीकाबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद हसिना बेगम, संविधान सभा सदस्य सफिक मिया, लायन्स क्लब अफ ३२५ जे नेपालका जिएटी कोर्डीनेटर सन्तोष घिमिरे, जिएटी को–कोर्डिनेटर टंक ढकाल, रिजन चियर पर्सन घनश्याम ढुंगान, जोन चियर पर्सन मोहनराज आचार्य, क्लबका सचिव हेमराज तिवारी लगायतले बोलेका थिए ।

क्लबले हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ७० हजार रूपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको अध्यक्ष लम्सालले खुलाए । फेवा वेगनास चौतारी सामाजिक कार्यक्रम सक्रिय बन्दै विभिन्न कार्यक्रममार्फत परिचित क्लब हो ।

Advertisement

तपाईको प्रतिक्रिया