जीविकोपार्जनका लागि कोसिसको सहयोग

पोखरा ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहको संस्था कोशिशले जीबिकोपार्जनको लागि सहयोग गरेको छ । संस्थाले पोखरा ६ शान्तिपाटनमा रहेको अनु परियारको परिवारलाई २० हजार बराबरको कुखुराका चल्ला, दाना र सोको लागि आवश्यक पर्ने सामग्रीहरु सहयोग गरेको हो ।
आइतबार पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, कोसिसकी फिल्ड एसोसिएट सपना सुवेदी र शर्मिला न्यौपानले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । परियारलाई मानसिक समस्या भएपछि कोसिस संस्थाले उद्धार गरेर ३ महिनाको उपचार पछि हाल उनी सामान्य अवस्थामा छन् ।
वडा अध्यक्ष विष्णु बहादुर भट्टराइले सामाजिक संस्थाहरु धेरै भए पनि कोशिशले गरेको सहयोगको प्रशंसा गरे । उनले उक्त परिवारलाई वडाले पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाले प्रदान गरेको सहयोगको उपयोग गर्न र जीविकोपार्जन गर्न उनको आग्रह थियो ।
कोसिसकी फिल्ड एसोसिएट सपना सुवेदीले मानसिक समस्या भए पनि उपचार पछि सामान्य अवस्था आउने हुँदा यो उदाहरणको रुपमा रहेको बताइन् । उनले परियारको पारिवारिक अवस्था कमजोर भएकाले सो सहयोग गरेको जानकारी दिइन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया