गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा
समाधान संवाददाता
२०८० फागुन २ गते १६:४३

पोखरा ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिएको छ । फागुन ४ गते शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ ।
कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया