सैनिक आवसीय महाविद्यालयमा व्यापार मेला सम्पन्न

पोखरा ।
सैनिक आवसीय महाविद्यालय फूलबारी पोखराले सोमबार विद्यालय हातमा दोस्रो वाणिज्य मेला गरेको छ ।
कक्षा ११ र १२ को वाणिज्य संकायमा अध्ययनरत विद्यार्थीले आफ्नो पढाइमा सिकेका सीपलाई व्यवहारिक रुपमा लागू गर्न मेला गरिएको मेलाका संयोजक शिक्षक नवराज बरालले जानकारी दिए ।
मेलामा किताब स्टेसनरी फलफूल तरकारी स्थानीय खाद्य उत्पादनदेखि सेवामूलक बैंक र इन्सुरेन्सका बारेमा जानकारी र सन्देशमूलक २४ वटा स्टल राखिएको थियो । मेलाको पश्चिम पृतना पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथि सन्तोष बल्लभ पौडेलले उद्घाटन गरेका थिए । उनले विज्ञान प्रदर्शनीमा प्रथम, दोस्रो र तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार प्रमाणपत्र वितरण गरेका थिए ।
महाविद्यालयका पिन्सिपल राजेन्द्रकुमार लाखेले मेलाले विद्यार्थीहरु जागिर खोज्ने भन्दा पनि जागिर दिलाउने गरी उद्यमी बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे । मेलामा अभिभावक विद्यार्थी तथा सर्वसाधारण गरी ४ हजारले मेलाका अवलोकन गरेका थिए ।

मेलामा कक्षा १२ मा अध्ययनरत धनगढीका विजय खत्रीले व्यापार व्यवसाय कसरी गर्ने सम्बन्धमा पाएको जानकारी र अनुभवले भविव्यमा आफूलाई उद्यमी बन्न प्रेरित गर्ने बताए । ‘अब परिक्षापछि नेपालमै खाद्य तथा कृषि सम्बन्धि व्यापार गर्ने सोच यो मेलाले थप बनाइदियो,’ उनले भने । एक दिने उक्त मेलाका सबै स्टलमा विद्यार्थीले सञ्चालन व्यवस्थापन र सञ्चालनसँगै सांगितिक कार्यक्रम गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया