बिटी कपमा ८ खेल

पोखरा ।
बुद्ध टोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगितामा मंगलबार ८ खेल भएका छन् । पोखरा १ पुरानो टुंडिखेलमा भएको पहिलो चरण अन्तर्गतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलिज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
बेलिजको जितमा राकेश राईले ह्याट्रिक पूरा गरे भने दीपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे । क्लबका सचिव रेशम सापकोटाका अनुसार दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतिले १–० गोल अन्तरले हरायो । दिव्यज्योतिको जीतमा मञ्जित थापाले निर्णायक गोल गरे ।
तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४/१ गोल अन्तरले सहज जित निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए ।
चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्यो । कमलपोखरीको जितमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे । पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जितमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशीष गुरुङले २ गोलको योगदान दिए ।
छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेमजाबिच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्यो । सातौं खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।
रामघाट क्लब र गार्डेन एफसीबिच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउँदै रामघाट दोस्रो चरणमा प्रवेश गर्यो । बुधबार पनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सकिने प्रतियोगितामा ५६ टिमको सहभागिता छ ।
तपाईको प्रतिक्रिया