फेकोफन पोखरा ३३ मा विजय

समाधान संवाददाता २०८० फागुन ३ गते ११:३८

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा ३३ का वन समूहको भेलाले विजय आचार्यको नेतृत्वमा ७ सदस्यी वडा कमिती चयन गरेको छ । उपाध्यक्ष गंगाबहादुर पुन, सचिव कर्णकुमारी महत, कोषाध्यक्ष पवित्रा सुनार र सदस्यमा यज्ञप्रसाद लामिछाने, निशा थापा र सम्बरबहादुर पौडेल छन ।

Advertisement


पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले विकास, निर्माणमा वन ऐन तथा नियमावलीहरु बाधक बन्न नहुने विचार राखे । उनले सामुदायिक वनको बिचमा रहेका बस्तीका जनतालाई बाटो निर्माण गर्न स्थानीय सरकारले बजेटको व्यवस्था बाटो कारवाही गर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए ।


प्राकृतिक स्रोतलाई विकास निर्माणसँगै स्थानीय जनताको जीविकोपार्जनको आधार बनाउनुपर्ने बताउँदै अध्यक्ष अधिकारीले वन समूहलाई वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले वन क्षेत्रमा काठ मात्र नभई अन्य आयआर्जनका सम्भावना खोज्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement


वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन पैदावार उपयोग गर्दा प्रक्रिया मिलाउन उपभोक्ताहरुलाई आग्रह गरे । महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले जिल्लामा ५ सय ९ वटा सामुदायिक वन समूह रहेको जानकारी दिंदै आर्थिक पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।


पोखरा वन महासंघका उपाध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव सीता सापकोटाले सञ्चालन गरेकी थिइन् । पोखरा २२ मा ३१ सामुदायिक वन छन् ।

Advertisement

तपाईको प्रतिक्रिया