कृष्णको रोइला गीत सार्वजनिक

पोखरा ।
लोकगायक कृष्ण सुवेदी र गायिका तुलसी क्षत्रीको नयाँ रोइला गीतको म्युजिक भिडियो ‘अब ढिलो भैसको’ सार्वजनिक भएको छ । डेनमार्कमा बस्दै आएका गायक सुवेदीको रोइला गीतमा सुवेदीसँगै तुलसी क्षत्रीको स्वर छ ।
म्युजिक भिडियो गायिका तुलसी क्षेत्री युटयुबमा सार्वजनिक गरिएको छ । रोइला गीतको शब्द तथा संगीत दीपक अधिकारीको छ । सो म्युजिक भिडियो डेनमार्कको कोपेनहेगनमा छायाँकन गरिएको हो ।
गायक सुवेदीले माया, प्रेमका केन्द्रीत रोइला गीत रमाइलो तथा मनोरञ्जनयुक्त भएको जानकारी दिए । ‘सानै उमेरदेखि गीत तथा संगीतको साधना तथा अभ्यासमा रमाउने बानी थियो,’ उनले भने, ‘विद्यालय स्तरको अतिरिक्त क्रियाकलाप, तथा गाउँ घरको मेला मेला पर्व हुँदै स्वदेश विदेशमा गीत गाउँदै आएको थिएँ । अहिले पहिलो पटक रोइला भाका रेकर्ड गर्ने मौका मिलेको छ ।’
उनले गण्डकी प्रदेशमा प्रचलित रोइला भाकाको गीत पहिलो प्रयासमा कमी, कमजोरी धेरै भएकाले आगामी दिनमा सुधार गर्ने बताए । तारानाथ आचार्य एरेन्जर रहेको गीतको रेकर्ड डिजिटल स्टार मालाश्री स्टुडियोमा भएको हो । रोइला गीतमा कलाकार आँचल सापकोटा, शंकर बस्नेत, हरि न्यौपाने, राधाकृष्ण सापकोटा, रमेश घिमिरे, सन्तोष लामिछाने, जयलाल चालिसेका अलवा डेनमार्कमा सक्रिय नेपाली बाजा समूहका कलाकारले अभिनय गरेका छन् ।
गायक सुवेदीले निर्देशन गरेको गीतको छायांकन सुशील घिमिरे र रतिश तुलाधरको छ । म्युजिक भिडियोको व्यवस्थापन सरोज अधिकारीले गरेका छन् ।
गायक सुवेदी नेपाली बाजा समूह डेनमार्कका वाद्यवादक हुन । समाजिक संस्था इनास डेनमार्कका पूर्व महासचिवसमेत रहेका सुवेदी डेनमार्कमा हुने सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा सक्रियतापूर्वक लागेका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया