फेन्सी तथा रेडिमेड व्यवसायीको सभा

पोखरा ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १६ औँ साधारणसभा सम्पन्न भएको छ । सभामा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले राजस्व परामर्श समितिले दिएको सुझाव अनुसार महानगरपालिकाले काम गर्नुपर्ने बताइन् ।
पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले जनप्रतिनिधि भएपछि सबैको साझा व्यक्ति हुनुपर्नेमा जोड दिए । उनले कर वृद्विका बारेमा व्यवसायीका संघ, संगठनले नै नबोलेको उल्लेख गरे ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष एकनारायण पनेरूले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक काम गरेको सुनाए । कार्यक्रममा संघका सल्लाहकारहरू केशवबहादुर खत्री, मीनराज काफ्ले र प्रदीपकुमार मुल्मी, निर्वतमान अध्यक्ष राजु पौडेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, थोक व्यवसायी संघका अध्यक्ष टीकाराम सुवेदी, संघका पूर्व उपाध्यक्ष पवित्रमणि पोखरेल, प्रथम उपाध्यक्ष यादवप्रसाद पोख्रेल, महासचिव नारायणी दवाडी लगायतले बोलेका थिए ।
कार्यक्रममा प्लस २ मा उत्कृष्ट अक ल्याउने तथा पुराना व्यवसायी र कार्यसमितिमा रहेर काम गरेका पूर्व पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया