एकीकृत समाजवादीका नेता महेन्द्र र रामचन्द्र एमाले फर्किए

पोखरा ।
नेकपा (एकिकृत समाजवादी) स्याङजाका ईञ्चार्ज महेन्द्र थापामगर र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई (आरसी) सहित जिल्ला कमिटी, भातृ संगठनका ५१ जना नेता तथा कार्यकर्ता सोमबार मुलघर नेकपा (एमाले)मा फर्किएका छन् ।
नेकपा (एमाले)को ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता महेन्द्र सहितको टोलीलाई औपचारिक रुपमा एमालेमा स्वागत गरेको नेकपा (एमाले)का केन्द्रीय राजीव पहारीले जानकारी दिए ।
नेपाल मगर संघका पुर्व अध्यक्ष समेत रहेका थापा प्रतिनिधि सभाका पूर्व सदस्य हुन । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याएका थापा पछिल्लो समयमा संघीय समाजवादी फोरम नेपाल हुँदै एकिकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । एमाले अध्यक्ष ओलीको रोहवरमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिवहरु पद्मा अर्याल र गोकर्ण विष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेता थापामगर र भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको मूलधारमा एमालेमा समाहित भएर कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने बताए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया