३० युनिट रगत संकलन

समाधान संवाददाता २०८० फागुन ८ गते १२:२६

पोखरा ।
नव आर्दश सामुदायिक विकास समाज पोखरा १६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन् ।

Advertisement


७४ औं प्रजातन्त्र दिवसको अवसरमा एलसी ब्रदर्स युनाईटेडको विशेष सहयोग तथा युवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी माविकोे सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डा किरण आचार्यले पहिलो रक्तदाता कार्यसमिति सदस्य राजकुमार पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।


समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक थिरबहादुर थापा, सहसचिव हरि थापा, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा १६ का सदस्य मञ्जु बस्याल, पोखरा १९ का सदस्य दुर्गादेवी बस्नेत लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया