रिहा भए लगत्तै फेरि पक्राउ परे वडाध्यक्ष सुवेदी

पाेखरा
मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका पोखरा महानगरपालिकाका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीलाई कास्की प्रहरीले फेरि पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा ८ लाख रुपैया धरौटी माग भएका सुवेदीलाई शान्ती कुमारी केसीको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणका अभियुक्त सुवेदीलाई जिल्ला अदालत कास्कीले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश लगत्तै रिहा भएका उनलाई अदालतबाट बाहिर निस्कनासाथ प्रहरीको टोलीले पक्राउ गरेको हो ।
वडाध्यक्ष सुवेदीका आफन्तले भने नियोजित रुपमा पक्राउ गरिएको आरोप लगाएका छन् । एउटै जग्गा प्रकरणमा सहकारी र शान्तीकुमारी केसीको फरक फरक जाहेरी दर्ता गरेर पक्राउ गरिएको आफन्तको दावी छ । ठगीको अर्को पनि उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका वडाध्यक्ष सुवेदी मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर भएका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलेको एकल इजलासले ८ लाख धरौटी माग गरेको थियो ।
अध्यक्ष सुवेदी सो धरौटी बुझाएर बाहिर निस्कने क्रममा फेरि पक्राउ परेका हुन् । मित्रमिलन सहकारीलाई चर्को ब्याजमा ऋण लगानी गरेको र सहकारीको करोडौंको जग्गा उनको नाममा पास भएको अभियोग सुवेदी माथि लगाइएको थियो । त्यस उपर सुनुवाई गर्दै ८ लाख रुपैया मात्र धरौटी माग भएको थियो ।
वडाध्यक्ष सुवेदी विरुद्व शान्तिकुमारी केसीले १ करोड २० लाख रुपैया ठगी गरेको आरोप लगाउदै दिएको जाहेरी देखाउदै प्रहरीले पुन पक्राउ गरेको छ ।
मित्रमिलन सहकारीमा रोक्का रहेको शान्तीकुमारीको जग्गा सहकारीले फुकुवा दिएपछि दीपक सुवेदीका नाममा जग्गाधनी केसीले नै रजिस्ट्रेशन पास गरिदिएकी छन् । तर जग्गा पास दिएपनि अफुले पाउनु पर्ने १ करोड २० लाख रुपैया नपाएको भन्दै केसीले ठगीको जाहेरी दिएकी हुन् ।
तर वडाध्यक्ष सुवेदीका परिवारले भने बुझाउनु पर्ने रकम बुझाएर कानुनसम्मत ढंगले मालपोत कार्यालय मै गएर रजिस्ट्रेशन पास गरेर लिएको दावी गर्दै अनावश्यक दुख दिने नियतका साथ जाहेरी दर्ता गरेर पक्राउ गरिएको आरोप लगाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया