त्रिवेणी पब्लिक र पोखरा लिंकनलाई फुटसल उपाधि

पोखरा ।
दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटी लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पब्लिक स्कुल र पोखरा लिंकन इन्टरनेसनल कलेजले जितेका छन् । प्लस टुतर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउँदै उपाधि चुमेको हो ।
निर्धारित समयमा खेल ३–३ भएपछि ट्राइबेकरमा पुगको थियो । युनिभर्सिटी लेबलतर्फ पोखरा लिंकन इन्टरनेसनल कलेजले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधिसहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफी हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफीमा चित्त बुझायो ।
प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टुको उपाधिसहित त्रिवेणी पब्लिकले नगद १ लाख, मेडल र ट्रफी जितेको छ । उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफी पाएको छ ।
प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लाका ३ गरी १५ विद्यालयले भाग लिएका थिए । हिसान गण्डकीका सदस्य विद्यालयबिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी, हिसान गण्डकी अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगायतले पुरस्कार वितरण गरे ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया