दृष्टिविहीन महिलालाई हस्ताक्षर तालिम

पोखरा ।
सामाजिक संस्था प्रयत्न नेपालले दृष्टिविहीन महिलालाई हस्ताक्षर गर्न सिकाएको छ । औंठा छापमा निर्भर दृष्टिसम्बन्धी अपांगता भएका महिलालाई ३ दिने तालिम दिएर कागजमा हस्ताक्षर गर्न सक्षम बनाएको संस्थाका अध्यक्ष सरिता लामिछानेले जानकारी दिइन् ।
‘औठा छाप बन्द गरौं’ भन्ने नाराका साथ उनीहरुलाई देख्ने नागरिकलाई जस्तै सक्षम बनाउन तालिम दिइएको हो । संस्थाका अध्यक्ष लामिछानेसहित सिर्जना परियार ऋतु वन्तले हस्ताक्षर तालिममा सहजीकरण गरेका थिए ।
तालिममा उच्च शिक्षा अध्ययनरत, विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत दृष्टिविहीन महिलाको सहभागिता थियो । सहभागी देवकुमारी हरिजन, कविता आचार्य दाहालले तालिमबाट कागजमा हस्तास्क्षर गर्न सक्षम भएको प्रतिक्रिया दिए ।
यसैबीच प्रयत्न नेपालले मंगलबार सरोकारवाला निकायका प्रतिनिधिलाई अपांगता समावेशी विकासबारे अभिमुखीकरण गरेको छ । कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनालले नेपालमा अपांगताको परिभाषा र वर्गीकरण, संस्थाका अध्यक्ष लामिछानेले अपांगता समावेशी विकासबारे सहजीकरण गरेका छन् । अध्यक्ष लामिछानेले अपांगता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनस्र्थापनापश्चात पछिल्लो समयमा समुदायमा आधारित समावेशी विकासको अवधारणा आएको जानकारी दिइन् ।
उनले दृष्टिकोण, सञ्चार, पहँुचयुक्तता र सहभागिता (एसिएपी)को अवधारणा अनुसार अपांगता भएका व्यक्तिको सशक्तिकरण गर्नुपर्ने उल्लेख गरिन् । संस्थाले दृष्टिसम्बन्धी अपांगता भएका महिलाका लागि मोबाइल फोनको प्रयोग लगायत डिजिटल पहुँचयुक्ततासम्बन्धी अभिमुखीकरण गरेको छ । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा सुवेदीले सहजीकरण गरेका छन् । प्रयत्न नेपालले दृष्टिविहीन महिलाको दैनिक जीवन यापन, रोजगारी र आत्मरक्षा सीप प्रदान गर्दै आएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया