पाेखरा ७ का किसानलाई कृषि सामग्री वितरण
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ ले वडाभित्रका व्यावसायिक कृषकलाई कृषि सामग्री वितरण गरेको छ । वडाका व्यावसायिक कृषकहरुको फार्मलाई अनुगमन गरी उत्पादन र क्रियाशीलताका आधारमा कृषि सामग्री वितरण गरिएको वडा सदस्य विष्णुमणि बरालले जानकारी दिए ।
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले वडाका व्यावसायिक किसानको सफलता र प्रोत्साहनका लागि सामग्री वितरण गरेको बताए । ७ नम्बर वडालाई दूध तथा तरकारीमा आत्मानिर्भर बनाउन आफूहरु तत्पर रहेको उनले सुनाए । वडाका ६ जना व्यावसायिक कृषकको माग र आवश्यकताका आधारमा पानी टंकी, टनेल प्लास्टिक र चाप कटर गरी करिब १ लाख २० हजारको सामग्री वितरण गरिएको वडा सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
कृषि सञ्जाल पोखरा ७ का अध्यक्ष पंकज पौडेलले किसानको साथमा कृषि सञ्जाल, वडा र सिंगो महानगर नै उभिएको उनको भनाइ थियो । कृषक लक्ष्मी तिमिल्सिना अधिकारीले किसानको साथमा सिंगो वडा उभिएकोमा खुसी व्यक्त गर्दै कृषि कर्ममा थप उत्हासित भएर लाग्न हौसला मिलेको सुनाए । सम्पन्न कौसी क्विनका उपविजेता पोखरा ७ निवासी हरिकुमारी श्रेष्ठले कौसी किसानीले आफूलाई तरकारीमा आत्मनिर्भर मात्र नबनाएर कौसीमै खेती गरी व्यावसायिक उन्मुख हुन प्रेरित गरेको अनुभव राखिन् ।
दैनिक १ सय १० लिटर दूध उत्पादन गर्दै आएका गाईपालक किसान कृष्णप्रसाद रेग्मीले हालसम्म कुनै अनुदान नपाएकोमा अहिले आएर वडा मार्फत घाँसपराल काट्ने कटर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया