लामागाउँ बिटी कप च्याम्पियन

समाधान संवाददाता २०८० फागुन ११ गते ११:२३

पोखरा ।
‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा भएको सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ ।

Advertisement


पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे ।


उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्‍यो ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफीसहित नगद १० हजार प्रदान गरेको क्लब अध्यक्ष असिम थापाले जानकारी दिए ।

Advertisement


गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्सका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफी र जनही नगद ८ हजारसहित पुरस्कृत भए ।


प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुँडिखेलको टिम नगद १० हजारसहित ट्रफीद्वारा पुरस्कृत बन्यो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापा लगायतले पुरस्कार वितरण गरेका थिए । गत १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा ५६ टिमको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया