भूमीअधिकार स्याङ्जामा ज्ञानेश्वर
समाधान संवाददाता
२०८० फागुन ११ गते १२:४३

पोखरा ।
नेकपा एमाले निकट जनसंगठन भूमीअधिकार तथा श्रमिक संगठन जिल्ला कमिटी स्याङ्जाको भेलाले ज्ञानेश्वर वस्ताकोटीको अध्यक्षता १९ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा अर्जुन बराल, सचिव लीलबहादुर राना, कोषाध्यक्ष दिलु थापा र सदस्यमा हुमबहादुर केसी, सूर्य अधिकारी, उदयबहादुर विक, दीर्घनारायण तिवारी, केशवराज पौडेल, उजरबहादुर केसी, शिला पौडेल र शान्तिदेवी राना छन् ।
बाँकी ७ जना सदस्य थप गरिनेछ । कार्यक्रममा नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरे (पारस), संगठनका केन्द्रिय सचिव लक्ष्मीप्रसाद अधिकारी र गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम रामबहादुर थापाको अध्यक्षतामा भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया