लक्ष्मीसुन्दरीको पून्य तिथीमा मृगौला पिडित सहयोग कोष स्थापना

समाधान संवाददाता २०८० फागुन ११ गते १४:२७

पाेखरा ।

लक्ष्मीसुन्दरी कर्माचार्यको ४५ दिनको पून्य तिथीमा मृगौला पिडित सहयोग कोष स्थापना गरिएको छ ।


उनका श्रीमान कर्माचार्य समाज कास्कीका अध्यक्ष उद्याेगपति चन्द्रकृष्ण कर्माचार्य, समाजका सदस्य एवं नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष छोरा माइकल कर्माचार्य र कर्माचार्य महिला समाजका अध्यक्ष छोरी रेखा कर्माचार्यले कोषको स्थापना गरेका हुन् ।

Advertisement


लक्ष्मीसुन्दरीको मृगौला सम्बन्धी उपचारको क्रममा गत पुष २४ गते निधन भएको थियो ।


कास्की घर भइ मृगौला रोगवाट पिडित भई सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा निशुल्क डायलसिस गराइरहेकी गरिब महिलालाई कोषले वार्षिक रुपमा १ लाख सहयोग गर्ने चन्द्रकृष्णले बताए ।

Advertisement


सहयोग रकम आगामी २०८१ जेठमा ६ महिनाको पून्य तिथीमा प्रदान गरिने चन्द्रकृष्णले जानकारी दिए । कोष संञ्चालन तथा कार्यान्वनको जिम्मेवारी कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीलाई दिइएको कर्माचार्य समाज कास्कीका सचिव ईश्वरप्रसाद कर्माचार्यले बताए ।

तपाईको प्रतिक्रिया