धवलागिरि क्याम्पसकाे पुस्तकालय निर्माण पुनः सुरु

राष्ट्रिय समाचार समिति (रासस) २०८० फागुन ११ गते १५:३५

गलकोट ।

विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेकाे ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए ।

Advertisement

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । “सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो”, क्याम्पसप्रमुख उपाध्यायले भने । त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न एक करोड बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उनले बताए । भवन अपांगमैत्री हुनेछ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया