माछापुच्छ्रेकाे मिर्सा भीरबाट लडेर जर्मन नागरिकको मृत्यु

समाधान संवाददाता २०८० फागुन १३ गते ११:४१

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोसको शनिबार साँझ भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले आइतबार बिहान उनलाई भीरबाट निकालेको थियो । उपचारका लागि अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

मृतकसँगै घुम्न गएका एक अमेरिकन नागरिक पनि अहिले गण्डकी अस्पतालमै रहेको र उनीसँग सोधपुक्ष भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया