अर्घौ बजार समितिको पदस्थापन

समाधान संवाददाता २०८० फागुन १३ गते १३:२४

लेखनाथ ।

पोखरा महानगरपालिका वडा नं २६/२७ को अर्घौचोकमा रहेको लेखनाथ अर्घौ बजार व्यवस्थापन समितिमा निर्वाचित टिमलाई शनिबार पद तथा गोपनीयताको सफतसहित पदस्थापित गराइएको छ ।


शनिबार भएको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट सर्वसम्वत चुनिएका बेलप्रसाद सापकोटाको टिमलाई निर्वाचन संयोजक वासुदेव न्यौपानेले पदस्थापन गराएका हुन् । समितिको उपाध्यक्षमा धनश्याम ढुंगाना, सचिव वीरेन्द्रराज भुर्तेल, कोषाध्यक्ष विष्णुप्रसाद लामिछाने र सहसचिव कल्पना रानाभाट छन् ।

Advertisement


सदस्यमा विष्णुबहादुर सुनार, सम्झना लामिछाने, दीपा पौडेल, सूर्यप्रकाश ढुंगाना (एसपी), प्रकाश देवकोटा, सविता बराल, कुलप्रसाद पंगेनी र पवित्रा तिवारी छन् । समितिका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन संयोजक वासुदेव न्यौपाने, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष धुव्रबाबु भट्टराई, सल्लाहकार सूर्यमणि लामिछाने र पूर्व कार्यसमिति सदस्य सन्दीप थापा र सचिव वीरेन्द्र भुर्तेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया