ऋषिकेशवको योगदान पुस्तकमा

पोखरा ।
साहित्यकार रवीन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं. ऋषिकेशव पराजुलीको जीवनी ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ सार्वजनिक भएको छ ।
राष्ट्रिय माविको हिरक जयन्तीको अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शुक्रबार पुस्तक सार्वजनिक गरे । पोखराका शिक्षासेवी ऋषिकेशव पराजुुली पोखराको पृथ्वीनारायण क्याम्पस, राष्ट्रिय मावि, कन्या स्कुल, नवीन मावि र पोखरा वृद्धाश्रमका संस्थापक हुन् ।
सरुभक्तले निस्वार्थ कर्मयोगीहरु कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भूमिका निर्वाह गर्दै आएका पण्डित ऋषिकेशवको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको जनाए । ऋषिकेशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीय स्तरमा पठनपाठनका लागि पाठ्यक्रममा राखिनुपर्ने उनको भनाइ छ ।
प्राडा रामचन्द्र पोखरेलले स्व. ऋषिकेशव पराजुली विवेकशील स्रष्टा र द्रष्टा दुबै रहेको स्मरण गरे । पोखराको साठीघरे पराजुली बंशमा जन्मिएका उनले पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुुई सय रोपनी जग्गा दान गर्न प्रेरित गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मावि विव्यस अध्यक्ष रामबिक्रम राणा, लेखक रवीन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष विश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले बोलेका थिए ।








लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
कृषि उद्यम र पुम्दीकोटको धार्मिक पर्यटन उचाल्ने चन्द्रकान्त बराल पोखरा रत्न
चिकित्सा सेवाबाट पोखरा रत्न बने डा. बुद्धिबहादुर
शिक्षासेवी तथा उद्योगी हरिप्रसाद पाण्डेलाई पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया