रतनपाण्डेमा रेडक्रसको संरक्षक गोष्ठी

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा १३ आर्वाको रतनपाण्डे माविमा २६ औं कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठी गरेको छ । विद्यालयको युवा रेडक्रस सर्कलको व्यवस्थापनमा भएको गोष्ठीमा १ सय १ विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
विद्यालयमा नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको संरक्षकमा प्रधानाध्यापक र शिक्षक नायक रहने व्यवस्था छ । गोष्ठीले जुनियर तथा सर्कलकोे विगतमा भए गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी १ वर्षको लागि वार्षिक कार्यक्रम बाँडफाँड गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष किरण बरालले संरक्षक गोष्ठीको उद्घाटन गर्दै रेडक्रसले प्राकृतिक प्रकोप, मानवीय सेवा र विपद् व्यवस्थापनमा काम गरेको बताए । उने विपद् व्यवस्थापनको क्षेत्रमा रेडक्रसको काममा वडा कार्यालयले सहकार्य गर्दै आएको उल्लेख गरे ।
रेडक्रस कास्कीका सभापति शर्माले विद्यालय तहमा हुने गतिविधिले रेडक्रसलाई आधारभूत तहसम्म पुग्न सहयोग पुगेको चर्चा गरे । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले रेडक्रसको विद्यालय तहमा हुने कार्यक्रमले शिक्षक तथा विद्यार्थीलाई मानवीय सेवाको काममा प्रेरित गरेको उल्लेख गरे ।
‘मनैदेखि सेवा’ भन्ने नाराका साथ भएको कार्यक्रममा कास्की रेडक्रसका कोषाध्यक्ष सन्तोष अधिकारी, जुनियर युवा संयोजक रमेशराज भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल शिक्षम महासंघका केन्द्रीय प्रतिनिधि सम्झना कट्टेल, कास्कीका अध्यक्ष बोधराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बराल, रेडक्रस पोखरा १३ उपशाखाका सभापति मुक्ति पौडेल, विद्यालयका प्रधानाध्यापक डिल्लीराम बराल, विद्यालयका सल्लाहकारहरु सूर्यप्रसाद बराल, वसन्तराज बराल, देवराज पौडेल, गण्डकी बोर्डिङ स्कुलका प्रिन्सिपल वीरेन्द्र खड्का, हिमाली स्कुलका प्रिन्सिपल ध्रुव श्रेष्ठ थापा, विद्यालयका शिक्षक नायक राधादेवी बराल, विद्यार्थी कृपा पराजुली लगायतले रेडक्रसले सञ्चालन गरेको गतिविधिका बारेमा बोलेका थिए । गोष्ठीमा गणेश गिरीले नेतृत्व विकास सम्बन्धी प्रवचन दिएका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया