ढिकुरपोखरीमा शिवरात्रि मेला हुने

समाधान संवाददाता २०८० फागुन १३ गते १५:०९

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड नं २ मा अवस्थित नर्बदेश्वर शिवपञ्चांग मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन २५ गते शिवरात्रि मेला एवं खुला भजन प्रतियोगिता हुने भएको छ ।


मेलाका प्रमुख आकर्षणमा खुला भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, विभिन्न व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रस्तुति रहेको सचिव रमेशराज भण्डारीले दिए । कार्यक्रममा भजनतर्फ प्रथम पुरस्कार १२ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ३ हजार र शान्त्वना १ हजार ५ सय र प्रमाणपत्र छन् ।


उत्कृष्ट नृत्यलाई समेत आकर्षक पुरस्कार दिइनेछ । चौथो संस्करणको मेलाको तयारकिा लागि विभिन्न उपसमिति बनाई काम भइरहेको भण्डारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया