भीमसेन थापा पालिकाका सबैको दुर्घटना बिमा
गोरखा ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ । पालिकाभित्रका सबै नागरिककोे निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका २ जनालाई रकम भुक्तानी गरेको हो ।
बिमा पोलिसी अनुसार उपचारका क्रममा खर्च भएको रकम बिमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नं ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचार खर्च उपलब्ध गराएका हौं’, उनले भने, ‘पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरेको सम्झौता अनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन् ।’
गत असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको ९ हजार ५ सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले ३ हजार ३ सय २५ बिमामार्फत पाएका छन् । पालिकाभित्रका सबै १६ हजार ९ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरिएको अध्यक्ष बन्जराले बताए ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बिमा गरिएको उनको भनाइ छ । अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बिमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बिमा गरिदिएको बताए ।
कम्पनीसँगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवै जना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया