हेम्जाका टोलहरुलाई सफाइ सामग्री सहयाेग
पोखरा ।
टोल विकास संस्था समन्वय समिति पोखरा २५ हेमजाको आयोजना तथा वडा न. २५ वडा कार्यालयको आर्थिक सहयोगमा सरसफाइ सामग्री हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रम भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले भाषणभन्दा काम गर्नुपर्ने बताए । उनले जनप्रतिनिधि जनताको सेवक भएको जनाउँदै वडालाई सफा र हरियाली बनाउन सबै मिल्नुपर्ने उल्लेख गरे ।
पोखरा २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले टोल विकास संस्थाले जनप्रतिनिधिसँग सहकार्य गर्नुपर्ने जनाए । नेपाली कांग्रेस पोखरा २५ का सचिव झंकनाथ तिमिल्सिनाले आफ्नो टोल आफैं सफा गरे वडा सफा हुने उल्लेख गरे । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋृषिराम पौडेलले वडा सफा बनाउन सबै लाग्नुपर्ने बताए ।
माओवादी केन्द्र पोखरा २५ अध्यक्ष महादेव अधिकारीले सरसफाइ एक पटकमात्र गरेर नहुने बताउँदै फोहोर नगर्ने वातावरण बनाउनुपर्ने सुनाए । राष्ट्रिय प्रजातन्त्र पाटी कास्की सदस्य कृष्णप्रसाद सुवेदीले पदमा बस्नु ठूलो कुरा नभएको उल्लेख गर्दै काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, पोखरा महानगरपालिका वातावरण सरसफाइ महाशाखा प्रमुख कल्पना बराल, पोखरा महानगरपालिका गुनासो सुनाइ प्रमुख लोकदर्शन कोइराला र महिला सञ्जाल पोखरा २५ हेमजाका अध्यक्ष अप्सरा तिमिल्सिना लगायतले बोलेका थिए ।
समारोहमा भीमप्रसाद श्रेष्ठ, चोलाकान्त पौडेल र दानबहादुर भुजेलले प्रशिक्षण दिएका थिए । समितिका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया