बालअधिकारबारे कार्यशाला

समाधान संवाददाता २०८० फागुन १५ गते ११:४१

पोखरा ।
पोखरा महानगर स्तरीय बाल अधिकार समितिले बाल अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि रणनीतिक योजना मस्यौदा कार्यशाला गरेको छ ।

Advertisement


बाल हितकारी परियोजना नेपालको व्यवस्थापनमा भएको २ दिने कार्यशालामा महानगरको बाल अधिकार समिति, सामाजिक विकास समिति, न्यायिक समिति, विधायन समिति, आर्थिक विकास समिति, उपप्रमुखसँग महिला कार्यक्रम, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समेत गरी २५ जनाको सहभागिता थियो ।


कार्यशालामा राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले बाल अधिकारको कानुनी व्यवस्था तथा स्थानीय तहको दायित्वको विषयमा सहजीकरण गरेका थिए । बाल हितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्माले कार्यशालामा बालबालिकामा लगानी, पोखरा महानगरपालिका र बाल बालिकाको प्रमुख सवाल, बाल अधिकार कार्यान्वयनमा ढाँचा, नीतिगत मार्गदर्शनमा केन्द्रीत भएर छलफल भएको बताए ।

Advertisement


उनले स्थानीय बाल अधिकार नीति र कार्ययोजना, उपलब्धि सूचक, तथ्यांक, व्यवस्थापन तथा अभिलेखिकरण अनुगमन र बाल बालिकाको स्थितिपत्र लगायतका विषयमा छलफल गरेर रणनीति तयार गरेको जानकारी दिए । कार्यक्रममा पोखरा महागरपालिका वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बाल अधिकारका विविध पक्षबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया