पोखरा कप क्रिकेटः फाइनलमा जान मदरल्यान्डसँग प्रतिभा, गण्डकी र अमरसिंह भिड्ने पक्का

पोखरा ।
एक्सपर्ट एजुकेसन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावि, प्रतिभा मावि, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका छन् ।
बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एन्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनलमा मदरल्यान्ड र प्रतिभा माविबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अमरसिंह मावि भिड्नेछन् ।
सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त गर्ने छन् । सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । अमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी बोर्डिङ यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका थिए ।
पहिलो खेलमा कुमुदिनीले दिएको ३६ रनले लक्ष्य प्रतिभाले २ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । प्रतिभाका लागि रोशन पौडेल, निश्चल श्रेष्ठले ९/९ र बब्लु शाहले ६ रन बनाए । बलिङमा कुमुदिनीका लक्की गुप्ताले १ विकेट लिए ।
यसअघिm पहिला ब्याटिङ गरेको कुमुदिनी ९ ओभर ४ बलमा ३५ रनमा समेटिएको थियो । कुमुदिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा प्रतिभाका सन्देश गिरीले सर्वाधिक ५ विकेट लिए । सन्देश प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा अमरसिंहले दिएको १०५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल भारतमैत्री ३६ रनमा समेटियो । अमरसिंहका बलरसामु नेपाल भारतमैत्रीका लागि कुनै पनि ब्याटर जमेर खेल्न सकेनन् । अंमरसिंहका सत्कार चालिसे, कृतज्ञ अधिकारी, प्रसन्न भण्डारी र कल्यान कुमालले समान २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको अमरसिंहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । अंमरसिंहका बिमोचन सापकोटाले सर्वाधिक ३० रन जोडेका थिए । बलिङमा नेपाल भारतमैत्रीका लागि अलोक गुप्ताले ३ विकेट लिए । सुमन पन्त प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्ने छन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।
तपाईको प्रतिक्रिया