गण्डकी प्रदेशसभाको अधिवेशन आजबाट

पोखरा ।
गण्डकी प्रदेशसभाको अधिवेशन फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गरेका थिए ।
अब बस्ने प्रदेश सभाले यसअघि नै दर्ता भइसकेका दुई वटा विधेयकमाथि छलफल गरी पारित गर्ने छ । प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आम सञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यी दुवै विधेयक संसदीय समितिबाट पास भइसकेका छन् । यी विधेयक बुधबार सदनमा प्रतिवेदनसहित पेश गर्ने र दफाबार छलफलपछि पारित हुने छन् ।
कृषि समितिबाट गण्डकी प्रदेशको बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भइसकेको छ । यसअघि पास भइसकेका ६७ वटा विधेयकमध्ये अघिल्लो पटकको सदनले ६ विधेयक पास गरेको थियो । तीमध्ये गण्डकी प्रदेश भित्रको वनलाई नियमन गर्न बनेको विधेयक, प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुन् ।
अन्य विधेयकमा केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक पास भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा दुई नियमित र दुई विशेष गरी चार अधिवेशन भइसकेका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया