लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

पोखरा ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउन नेकपा एमाललेले संकल्प प्रस्ताव गरेको छ । एमालेका संसदीय नेता खगराज अधिकारीले गण्डकी प्रदेश सभामा बुधबार संकल्प प्रस्ताव राखेका हुन् ।
संविधानमा बर्दघाट र सुस्ता पूर्वसम्म गण्डकी प्रदेशको भनेर उल्लेख गरिएको उनले बताए । संविधानअनुसार, बर्दघाट सुस्ता पूर्वको भाग गण्डकीमा हुनुपर्ने हो । तर, सुस्ता गाउँपालिका नै लुम्बिनी प्रदेशमा रहेको अधिकारीको भनाइ छ ।
‘सुस्ता गाउँपालिकाका जनता गण्डकीमै बस्न चाहनुभएको छ । सुस्ता र विनयी–त्रिवेणी गाउँपालिका तथा प्रदेशको सिमाको परिवर्तन सम्बन्धिको निर्णयको अध्ययन गरि गण्डकीले गुमाएको भुगोल फिर्ता ल्याउन कानूनी प्रक्रिया अगाडी बढाउन संकल्प प्रस्ताव दर्ता गर्दछु ।’ उनले भने ।
साविक नवलपरासी जिल्लालाई विभाजन गरि बर्दघाटदेखि सुस्ता पूर्व गण्डकीमा र बर्दघाट सुस्ता पश्चिम लुम्बिनीमा राखिएको थियो । नवलपरासीको सुस्ता पूर्वको भाग गण्डकीमा र पश्चिमको भाग लुम्बिनीमा पर्ने नेपालको संविधान, २०७२ को अनुसूची ४ मा उल्लेख छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया