शिक्षाको गुणस्तर सुधार्न वडाको पहल

समाधान संवाददाता २०८० फागुन १६ गते १२:५५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ ले वडाभरि रहेका शैक्षिक संस्थाको शिक्षाको गुणस्तर सुधार्न सरोकारवालासँग छलफलसहित प्रशिक्षण दिइएको छ ।

Advertisement


शैक्षिक गणस्तर सुदृढीकरण एवं कार्यसम्पादनबारे सरोकारवालालाई तालिम दिइएको छ । वडा स्तरीय शिक्षा समितिले समन्वय गरेको कार्यक्रमा पोखरा १७ का सामुदायिक तथा निजी विद्यालयका सञ्चालक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, प्रधानाध्यापक लगायत सहभागी थिए ।


कार्यक्रममा पोखरा महानगरका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले योजनावद्ध विकास र समृद्धिको यात्रामा शिक्षाको महात्वपूर्ण भूमिका हुने उल्लेख गरे । पोखराका शिक्षा महाशाखा प्रमुख हेम आचार्यले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारबारे प्रकाश पारे ।

Advertisement


शिक्षा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षणका स्वमूल्यांकन र पाठयोजनाको भूमिकाबारे प्रकाश पारे । महानगरका शिक्षा अधिकृत सोम भण्डारीले संस्थागत र सामुदायिक विद्यालयबिच समन्वय, सहकार्यबाटै शिक्षाको गुणस्तरलाई सुधार्न सकिने विचार राखे ।


शिक्षा समिति अध्यक्षसमेत रहेकी वडाध्यक्ष राधिका शाही योगीले स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने शिक्षालाई सुधार्न विभिन्न गतिविधि गरिरहेको जनाइन् । उनले सभ्य र समृद्ध समाजको जग शिक्षा भएकाले क्षमतावान्, दक्ष, सभ्य र सीप भएको जनशक्ति तयार पार्न शिक्षालयहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा वडा सदस्य विक्रम गुरुङ, शिक्षा समिति सदस्य लालबहादुर राना, डा टेकनारायण पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया