मादल बजाउने तालिम सुरु
पोखरा ।
महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सोमबार हेमजामा सुरु भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिला सञ्जालले राम्रो काम गरेकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरे ।
मादलले गाउँ, घर बिउझाउने गरेको उल्लेख गर्दै मादल जनुसुकै बाजामा पनि चाहिने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल र महिला सञ्जाल पोखरा २५ हेमजाका निवर्तमान अध्यक्ष रमा त्रिपाठी लगायतले बोलेका थिए ।
सम्बरबहादुर गायकले मादल प्रशिक्षण दिएका छन् । महिला सञ्जालका अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रिता त्रिपाठी र सचिव उमा भुर्तेल पौडेलले बोलेका थिए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया