नेवा पत्रकार पुचद्वारा समाचार लेखन तालिम

पोखरा ।
नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा आधारभूत समाचार लेखन तालीम सम्पन्न भएको छ । मंगलवार सम्पन्न तालिममा ४० जना नेवा तथा गैरनेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खबरदारी गर्न समेत आग्रह गरे ।
तालिममा वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए । कार्यकममा बोल्दै नेवा पत्रकार पुचः का संरक्षक संस्था नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए ।
उनले नेवा भाषा संस्कृति संरक्षण गर्न विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दीपेन्द्र मर्सानी, नेवा पत्रकार पुचः की अध्यक्ष अनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताइन् । उनले नेवा पत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा पोखरा ९ का वडासचिव कुलराज पौडेल, वडासदस्यहरु लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीति बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया