‘रवीन्द्रले सधै निष्ठाको राजनीति गरे’

पोखरा ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार स्वर्गिय अधिकारीको छैटौं स्मृति दिवस मनाएको छ । स्मृति दिवसको सन्दर्भमा पोखरा महानगरपालिका–१८ मेथ्लाङको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रहेको रवीन्द्र अधिकारीको सालिकमा माल्यार्पण गर्नुका साथै श्रदाञ्जली सभा गरिएको प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले जानकारी दिइन् ।
सो दिवसको सन्दर्भमा रवीन्द्रको जन्मघर पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी गैरागाउँमा स्मृति सभा र पोखरा ५ मालेपाटनमा रहेको रवीन्द्र स्मृति बाटिकामा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशले रवीन्द्र एक सच्चा र बहुआयामिक व्यक्तित्व गुमाएको बताए ।
उनले नेपाली राजनीतिमा रवीन्द्रको अभाव रही रहने उल्लेख गरे । ‘धारा प्रवाह वाककला, लेखन, विचार निर्माण, कला साहित्य र प्रशिक्षणमा पोख्त रवीन्द्र वास्तवमै बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो,’उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा अतुलनीय योगदान गरेका रवीन्द्रको हरेक पाइलामा अभाव खट्की रहेको छ ।’ उनले रवीन्द्रले निष्ठाको राजनीति गरेको स्मरण गरे ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नमा रवीन्द्रको योगदान रहेको उल्लेख गर्दै उनले रवीन्द्रको परिकल्पना, सोंच, दृष्टिकोणहरु अत्यन्तै परिपक्व र मार्गदर्शक भएको बताए । उनले रवीन्द्रले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायत पोखराको समग्र विकासमा योगदान पु¥याएको चर्चा गरे ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा, महासचिव पोखराका मेयर धनराज आचार्य, सल्लाहकार प्राडा भरतराज पहारी लगायतले रवीन्द्रले आदर्शको राजनीति गरेको बताए । प्रतिनिधि सभा सदस्य दामोदर वैरागी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, एमालेका नेता कार्यकर्ता, परिवारको सदस्य, शुभेच्छुकले रवीन्द्रको शालिकमा पुष्पगुच्छा चढाएका थिए ।
तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्कीडाँडामा बन्न लागेको विमानस्थलको अवलोकन गरी पाथिभाराको दर्शन गरेर फर्कने क्रममा रवीन्द्रको ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए । वहालवाला पर्यटन मन्त्री अधिकारी ६ वर्षअघि दिवंगत भएको दिन पारेर ०७५ फागुन १५ गते मेथ्लाङको राष्ट्रिय विभूति तथा सहिद पार्कमा अधिकारीको शालिक अनावरण गरिएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया