कृष्ण मेमोरियल एट ‘ए’ साइड हुँदै
पोखरा ।
पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशील बिक्कु गिरी, विशन पहारी र सञ्जय बुढाथोकीको संयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो ।
बिक्कुका बुवा कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विशन पहारीले बताए । ‘स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ, संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने ।
प्रतियोगिताक विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई नगद ५१ हजार १ सय ११ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद ५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गने छन् ।
अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुनका लागि ३५ वर्ष उमेर पूरा भएको हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया