रोटरी लेखनाथको सहयोग
लेखनाथ ।
११९ औं रोटरी दिवसको अवसर पारेर रोटरी क्लब अफ लेखनाथले पोखरा २७ को कल्याण आधारभूत विद्यालयका विद्यार्थीका लागि दिवा खाजाका लागि सहयोग गरेको छ ।
क्लबले सामाजिक उत्तरदायित्वको क्षेत्रमा देखाएको अग्रसरतालाई मध्यनजर राख्दै विद्यालयमा अध्यानरत विद्यार्थीका लागि दिवा खाजा र पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरेको हो ।
दिवा खाजा कार्यक्रम लागू गरेपछि विद्यार्थीमा विद्यालय आउने बानीको विकास भएकाले खाजा कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उद्देश्यले क्लबले पहिलो चरणमा नगद २५ हजार रुपैयाँ बराबरका सामग्री सहयोग गरेको हो ।
पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य सरस्वती विकको विशेष उपस्थितिमा क्लबका अध्यक्ष रामप्रसाद आचार्य र सहसचिव शिवराज पण्डित लगायतले विद्यालय व्यवस्थापन समितिका सदस्य नरबहादुर कुमाल, प्रधानाध्यापक सरस्वती भण्डारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया