श्रीकृष्ण माविको अध्यक्षमा शोभाचन्द्र

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शोभाचन्द्र बराल चयन भएका छन् । यसअघि उनी विद्यालय व्यवस्थापन समितिकै ज्येष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभारमै थिए ।
समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देवबहादुर घताने, गंगा थापासहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य बिचको बैठकले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा सक्रिय बराल विद्यालयको भौतिक तथा समग्र विकासमा लागि परेका थिए । उनी विद्यालयको प्रमुख चन्दादाता समेत हुन् । विद्यालयमा रहेका विविध समस्यालाई निवारण गर्दै आफू नेतृत्वको समितिले स्मरण योग्य काम गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए ।
लामो समयसम्म चयन हुन नसकेको विद्यालय व्यवस्थापनको नेतृत्वको टुङ्खो लागे सगै अब विद्यालयले थप गति लिनेमा आफू विश्वस्त रहेको वडा अध्यक्ष आचार्यले बताए । बैठकको सहजीकरण विद्यालयका निमित प्रध्यानाध्यापक विमलाकुमारी शर्माले गरेका थिइन् ।








स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
६४ युनिट रगत संकलन
पर्वतीय दौडमा १३ लाख खर्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया