संगीत अवार्डको अवसरमा पोखराका पत्रकार गौरवलाई सम्मान गरिने

पोखरा ।
दोस्रो राष्ट्रिय संगीत अवार्डको अवसरमा दुई पत्रकार सम्मानित हुने भएका छन् । कास्की खबर प्रालिले आयोजना गरेको दोस्रो राष्ट्रिय संगीत अवार्डको अवसरमा संगीत क्षेत्रमा पु¥याएको योगदान स्वरुप पोखराका पत्रकार गौरव त्रिपाठी र काठमाडौं पत्रकार कमल चौलागाँई (कमलसरगम) सम्मानित गर्न लागिएकाे खबरका अध्यक्ष ऋिषिराम दाहालले बताए ।
उनका अनुसार उनीहरुलाई दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिनेछ । पत्रकार त्रिपाठी पोखराबाट सञ्चालित सिटीवान टेलिभिजन र रेडियो नेपालमा आवद्ध छन् ।
आयोजक कमिटीका अध्यक्ष दहालका अनुसार अवार्ड कार्यक्रममा अन्य विधाका संगित क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरिनेछ । कार्यक्रम वैशाख दोस्रो हप्ता हुनेछ । उनले अहिले उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको बताए । बिहीबार गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम) ले उत्कृष्ट पाँच मनोनयन नाम सार्वजनीक गरेका थिए ।
मनोनयनमा परेकाहरुलाई चैत २३ गतेदेखि भोटिङ गर्न सकिनेछ । २ सय ३ वटा आवेदनहरुवाट २६ विधामा १ सय ३० जना छनोटमा परेको दाहालले बताए । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीत जस्ता विधाहरु समावेश गरिएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया