पोखरामा आज महाकमेडी विथ महाजात्रा

पोखरा ।
पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी दिए ।
उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने छ ।
उनले टिभीमा जोडिन नपाएका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उल्लेख गरे । यात्रालाई लिएर भण्डारी आशावादी देखिन्छन् । दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रामार्फत जोडिन पाउँदा खुसी लागेको बताइन् ।
कमेडी च्याम्पिएनका कारण नेपालमा नयाँ हाँस्यकलाकारले अवसर पाएका छन् । पोखरामा हुने उक्त कार्यक्रमले हाँस्यकलाकारितामा फरक छाप छाड्ने उनले बताइन् । पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
पोखराको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ । खल्तीबाट समेत टिकट काट्न सकिने उनले बताइन् । पोखरा बासीका लागि महाकमेडी विथ महाजात्रा महत्वपूर्ण हुने र दर्शकको उल्लेख्य सहभागिता हुने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया