केन्द्रीय सत्ता गठबन्धन फेरबदलकाे परिदृश्य-गण्डकीमा दीपक मनाङेबिना सरकार गठन गर्न मुश्किल

पोखरा ।
संघीय सरकारमा एमालेसहितको नयाँ गठन बनेसँगै प्रदेश सरकार पनि फेरबदल हुने निश्चित भएको छ । केन्द्रीय सत्ता समिकरणमा आएकाे फेरबदलीसँगै गण्डकी प्रदेश सरकारमा हलचल आएको छ । यद्यपि नयाँ सत्ता गठबन्धनका दलहरु केन्द्रको निर्णय कुरेर बसिरहेका बताएका छन् ।
गण्डकीमा नयाँ सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले पनि केन्द्रको निर्णय कुरेर बसिरहेको जनाएको छ । दलका नेता खगराज अधिकारीले नयाँ गठबन्धनमा अब कसले सरकार बनाउने भन्ने कुरामा छलफल हुने बताए । उनले भने, ‘नयाँ गठबन्धनमा केन्द्रबाट जे निर्णय आउँछ, सोही अनुसार अघि बढ्ने त हो ।’
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रको निर्णय कुरेर बसेको सुनाए । उनका अनुसार प्रदेशमा सरकार परिवर्तन हुने निश्चित भएपनि अब कसको सरकार बन्ने निश्चित नभएको बताए । यद्यपि केन्द्रको निर्देशन नै कुरिरहेको उनले सुनाए । ‘प्रदेशमा पक्कै पनि नयाँ समिकरण लागु हुन्छ । सरकारहरु चेञ्ज हुन्छ । नयाँ कुरा होइन, शीर्ष नेताहरुले जे निर्णय गर्नुहुन्छ, प्रदेशमा पनि सोही हुने त हो,’ उनले भने, ‘नयाँ गठबन्धन भर्खरै चेञ्ज भएकाले एमालेसँग कुरा भएको छैन । नेतृत्व गर्ने कुरामा माओवादीको दाबी त स्वभाविक नै हुन्छ ।’
६० सदस्यी गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यको आवश्यकता पर्छ । गण्डकी प्रदेशमा २७ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । दोस्रो ठूलो दल हो नेकपा एमाले । एमालेका उपसभामुख सहित २२ जना सांसद छन् । माओवादी केन्द्रको सभामुखसहित ८ सांसद हुन् भने एकीकृत समभाजवादीको १ र राप्रपाको २ जना सांसद छन् ।
नयाँ सत्ता गठबन्धमा एमाले र माओवादीले मात्र सरकार बनाउन सम्भव छैन । राप्रपाको साथ भए सहजै बन्छ । तर राप्रपा केन्द्रमा प्रतिपक्षमा रहने भएका प्रदेशमा सत्तारुढ हुने सम्भावना छैन । त्यसैले नेकपा एसमा लागेका राजीव गुरुङ उर्फ दीपक मनाङेको साथ अनिवार्य छ । तर नेकपा एस यो गठबन्धनमा रहने नरहने अझै निश्चित छैन । यद्यपी माओवादीले गठबन्धनमा एसलाई पनि राख्ने निर्णय गरेको छ ।
केन्द्रमा माओवादीकै नेतृत्वमा सरकार हुँदा गण्डकीमा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुने एमाले नेताको आकलन छ । अघिल्लो पटक छोटो समय मात्र मुख्यमन्त्री बन्न पाएका खगराजको पक्षमा माओवादी नेतृत्व पनि रहेको बताइएकाे छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया