दशनामी समाजको प्रदेश भेला

समाधान संवाददाता २०८० फागुन २१ गते ११:४५

पोखरा ।
नेपाल दशनामी समाज गण्डकी प्रदेशको भेला शनिबार पोखरामा भएको छ । भेलाले समाजको केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनका लागि अर्थ संकलन गर्न सञ्चालित मेची महाकाली अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

Advertisement


नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्द गिरीले संस्थाको विभिन्न जिल्लामा आ–आफ्नो भवन बनिसकेको जानकारी गराउँदै केन्द्रीय समितिको भवन अत्यावश्यक रहेको जनाए । उनले कार्यक्रममा उपस्थितहरुबाट सहयोग संकलनको लागि गरिएको स्वघोषणाले गण्डकी प्रदेश कमिटिले आफ्नो प्रतिष्ठा कायम गरेको बताउँदै यस किसिमको सक्रियताको उच्च प्रशंसासमेत गरे ।


उक्त अवसरमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरी लगायतले आफ्नो संस्कृति, परम्परा र पहिचान कायम गर्नका एकजुट हुनुपर्नेमा जोड दिए ।

Advertisement


भेलामा केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनको लागि १ करोड ८ लाख ६२ हजार २ सय ११ रुपैंयाँ सहयोगको प्रतिवद्धता आएको छ । समाजका संरक्षक ८२ वर्षीय कृष्णकुमार गिरीले समाजलाई १ करोड सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले ३ लाख ५५ हजार, कास्कीका पूर्वअध्यक्ष राम गिरीले २५ हजार १ सय ५१ दिने भएका छन् ।


पुर्व केन्द्रीय सदस्य गोपाल गिरीले ५५ हजार ५ सय, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सचिव जगतमोहन गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सल्लाहकार बाबुराम गिरीले ५० हजार, केन्द्रीय सदस्य शारदा गिरीले २५ हजार १ सय ५५, केन्द्रीय सदस्य तिला गिरी ३० हजार १ सय ११, प्रदेश सदस्य इन्दिरा गिरीले ३० हजार ५ सय, युवा समितिका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले ५४ हजार ३ सय २१, महिला समिति गण्डकीकी मिना गिरीले १५ हजार ५ सय ५५, प्रदेश सदस्य गोविन्द गिरीले १५ हजार ५, प्रदेश अध्यक्ष मोति गिरी ३१ हजार १ सय ११, सहसचिव सागर गिरीले १५ हजार ५ सय ५५, प्रदेश सचिव बेबराज गिरीले २५ हजार ५ सय ५५ र गण्डकी प्रदेश महिला सचिव सुशीला गिरीले १५ हजार सहयोग प्रदान गर्ने घोषणा गरे ।

Advertisement


कार्यक्रममा समाजका गण्डकी प्रदेश कमिटी अध्यक्ष मोती गिरी, उपाध्यक्ष योगराज गिरी, सचिव बेबराज गिरी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया