चापापानी सिद्धार्थ सहकारीको प्रशिक्षण

समाधान संवाददाता २०८० फागुन २१ गते ११:५१

पोखरा ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी प्रशिक्षण गरेको छ । कार्यक्रममा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको के हो भन्ने कुराको जानकारी हुने सुनाए ।

Advertisement


‘अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिँडेका छन् त्यस्ता सहकारीहरू र जुन सहकारी प्राइभेट किसिमले चलेका छन् त्यस्ता सहकारीहरू जोखिममा छन्,’ उनले भने ।


चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका राम्रा भनेर चिनिने सहकारीहरुमध्येमा पनि उत्कृष्ट सहकारी भएकाले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए । सहकारीका अध्यक्ष दीपक कार्कीले आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागिएको बताए ।

Advertisement


चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको वित्तीय अवस्थाकोबारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त बाचन गरेका थिए । सहकारीका सचिव ईन्दिरा भण्डारी कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया