लीलाको नेतृत्वमा पेशागत महासंघ पोखरा

समाधान संवाददाता २०८० फागुन २१ गते ११:५२

पोखरा ।
पेशागत महासंघ नेपाल पोखरा महानगरको प्रथम अधिवेशन भएको छ । अधिवेशनसँगै जिल्ला कार्यसमिति कास्कीले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

Advertisement


अधिवेशनले अध्यक्ष लीला पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष हरिमाया खत्री र रसमोहन तिवारी, सचिव सूर्य पोखरेल, सहसचिव सुरेन्द्र अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी छन् ।


कमिटीका सदस्यमा सविता सिग्देल मियाँ, चेतनारायण बास्तोला, किशोर सुवेदी, डिलबहादुर थापा र सकुन्तला सापकोटा छन् । समारोहमा बुद्धिजीवी राधाकृष्ण लामिछानेले पार्टी निर्माणका पेशाकर्मीको भूमिका विषयमा प्रशिक्षण दिए ।

Advertisement


नेकपा (एमाले)का स्थायी समितिका सदस्य खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै नेपालमा वैचारिक र दार्शनिक रुपमा कम्युनिस्ट पार्टीको कमी भएको बताए । उनले पेशाकर्मी बुद्धिजीवीको वैचारिक नेतृत्व नभए विचारविहीन पार्टी बन्ने तर्क गरे ।


‘गण्डकी प्रदेशमा पार्टीको दार्शनिक र वैचारिक पक्ष कमजोर छ,’ उनले भने, ‘पार्टी विचारविहीन भए गाली गलौज र गुटबन्दी बढ्छ ।’ उनले उनले दार्शनिक र वैचारिक काम गर्न पेशाकर्मी बुद्धिजीवीलाई सुझाव दिए ।

Advertisement


उनले नेपालको भूराजनीतिक अवस्थालाई बुझेर राजनीतिक, भौतिक पूर्वाधार र अर्थ व्यवस्थालाई सुदृढ गर्न सक्ने बताए । अन्तर्राष्ट्रिय शक्ति संघर्ष प्राकृतिक नियम भएको उल्लेख गर्दै उनले त्यस्तो प्राकृतिक नियम अनुसार चल्ने हो भने टिक्न सकिने टिप्पणी गरे । उनले पछिल्लो समयमा भौतिकवादमा भन्दा पनि आदर्शवाद र आध्यात्मकवादमा विश्वास गर्ने परिपाटीको विकास भएको उल्लेख गरे ।


कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनाल, स्थायी समितिका सदस्य षडानन्द गौतम, गण्डकी प्रदेश समितिका अध्यक्ष महेन्द्र रिमाल, प्रदेश समितिका सहसचिव जीवनाथ सुवेदी, कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, सचिव राममणि ढुंगानाले पार्टी निर्माणका पेशाकर्मीको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया