सेतीमा हामफालेर बेपत्ता भएका बास्तोलालाई खोज्न भाेली सेती बाँध खोलिने

समाधान संवाददाता २०८० फागुन २१ गते १२:५६

पोखरा ।

Advertisement

सेती नदिबाट हामफालेर बेपत्ता भएका सुगम बास्तोला खोज्न सेती बाँध खोलिने भएको छ । नदीमा पानीको बहाव बढाएर उनको खोजी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


मंगलबार बिहान १० देखि दिउँसो २ बजेसम्म बाँध खोलिने हुँदा सेती नदी आसपास नजान र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

Advertisement

प्रहरीका अनुसार पोखरा ११ का १६ वर्षीय बास्तोला फागुन १८ गते साँझ ५ः३० बजे नदीपुरस्थित सेती नदी माथिको पुरानो पुलबाट हामफालेका थिए । उनी नभेटिएपछि आफन्तको आग्रह बमोजिम बाँध खोलेर खोजी गर्न लागिएको हो ।

सुगम पोखराको नदीपुरस्थित बाल मन्दिरमा कक्षा १० मा अध्ययनरत थिए । उनको परिवारमा बुबा र २ बहिनी छन् । उनकी आमाको भने २ वर्ष अघि नै निधन भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया